ओझेल भित्रका सचेतना अभियान
No icon

मगर महिला संघ बुटवल लगायत एम.जि. क्लवद्धारा मृगौला पिडितलाई  आर्थिक सहयोग

पुर्खाैली घर पाल्पा जिल्ला हाल बर्दघाट १५ कुकुरमारा निवासी कर्ण बहादुर थापा मगर  र तारा थापा मगरका  चार सन्तान मध्ये  ३५ वर्षीय मलिता थापा , ३३ वर्षीय रुपा थापा र २१ वर्षीय मन बहादुर थापाको दुवै मृगौलाले काम नगरेको हुदा हाल बुटवल १० रामनगरमा डायलासिस  गर्दै   धनबहादुर गरुङको घरमा २०७५ चैत्रदेखि  निःशुल्क रुपमा बस्दै आएका छन् ।  उनीहरुको आर्थिक अवस्था अत्यन्त कमजोर भएकोले  विभिन्न संघ सस्थाहरुले सहयोग गर्दै आएका छन् । सहयोग गर्नै क्रममा बुटवल ११ एम.जि. क्लबबाट रु.२००२५/-( बीस हजार पच्चिस रुपयाँ) , नेपाल मगर महिला बुटवल उ.म.नगर समितीबाट रु. २००००/-( बीस हजार) , महिला सेवा समुह कालिका नगरले रु. २०,०००/-( बिस हजार), नेपाल मगर सँघ बुटवल इकाई समितीबाट रु. १५,०००/-( प्रन्ध हजार) ,ति. न. पा.४ केशरमार्ग आमा समुहबाट रु १५०००/-( पन्ध्र हजार) ,  नवलपरासी सुनवल निवासी देवी थापामगरबाट रु १००००/-( दश हजार), बुटवल १० का  नेपाल मगर महिला. संघका अध्यक्ष माया गलामीबाट रु.५०००/-( पाँच हजार ,नेपाल मगर महिला संघ जिल्ला कार्यसमितीबाट रु.५५५५/-( पाँच हजार पाँचसय पचपन्न) लगायत अन्य संघ सस्था तथा व्यक्तिगत तर्फबाट सहयोग गरी जम्मा रु.१८०५३०/-( एक लाख असी हजार पाँच सय  तीस रुपयाँ ) नेपाल मगर महिला संघ र हाम्रो गोरेटोका प्रतिनिधि संगिता थापामगरको सक्रियतामा रकम संकलन गरिएको थियो । उक्त रकम  नेपाल मगर महिला संघ बु.उ.म.नगरका अध्यक्ष माया गलामी, एम.जि.क्लबका सदस्य तथा रामनगर आमा समुहका अध्यक्ष शान्ता गौतम, उपाध्यक्ष यमुना काउँचा, बाबा समुहका अध्यक्ष  लगायत  स्थानीयबासीको रोहवरमा  बिरामीका आमा तारा थापालाई  हस्तान्तरण गरियो । दुःखको कुरा  उक्त मृगौला पिडित २१ वर्षीय  मन बहादुर थापाको भने २०७६/९/१४ गते विहान निधन भएको छ ।  उनीहरुको आर्थिक अवस्था कमजोर र आफन्तहरु पनि कोही नभएको कारण शवलाई दाहसंस्कार गर्न त्यहाँका रामनगर आमा समुहले रु ५०००/- र रामनगर बा आमा समुहले रु ५०००/-  लगायत त्यहाँका अन्य स्थानीयबासीहरुले पनि व्यक्तिगतरुपमा आर्थिक , भौतिक तथा सामाजिकरुपमा  सहयोग गरी शवलाई दाहसस्कार गरेका छन् साथै दुई जना दिदीबहिनीहरुलाई डायलसिस गर्न आर्थिक रकम आवश्यक पर्ने हुनाले अन्य संघसस्थाहरुसँग सहयोगको अपिल गरेका छन् ।

 

Comment As:

Comment (0)